श्रेणी : BANNER
प्रदश सभा सदस्यका उमेदवार लालबाबु राउत गद्दीले शनिवार पनि जनता दर्शन कार्यक्रमलाई निरन्तरता दिएका छन् । पर्साको निर्वाचन क्षेत्र नं १ को ख बाट प्रदेश सभा सदस्यका उमेदवार एवं मधेश प्रदेश मुख्यमन्त्री राउतले शनिवार बीरगन्ज महानगरपालिकाको वडा नं. १५ नयाँ वस्तीमा अन्तक्रिया सम्पन्न गरेका छन् ।
राउतले वडा नं. १५ का स्थानिय भद्र ,भलादमी, बुद्धिजिवी,युावा तथा कर्मचारीहरुसँग अन्तक्रिया सम्पन्न गरेका हुन् ।
अन्तक्रिया कार्यक्रममा स्थानियहरुले उठाएका सवालहरुको जवाफ दिदै राउतले मधेश आन्दोलनबाट मधेशी जनताले धेरै उपलब्धिहरु हासिल गरेको चर्चा गर्दै मैले गरेको कामको मुल्याङ्क गर्दै भोट दिन सबैमा अलिल गरे ।
कार्यक्रममा गठबन्पाधन दलका नेताहरुको समेत उपस्थिती रहेको थियो । उनको गठबन्धनका साथीहरु बिच कुनै तिकत्ता नरहेको बताउँदै सबै जना मिलेर एमाले–जसपा गठबन्धनका उम्मेदवारहरुलाई जिताउन अनुरोध गरे । सो क्रममा वाड नं १५ का बृद बृदाहरुले राउतलाई जितको आर्शिवाद दिएका थिए।
प्रतिक्रिया