वीरगन्ज :

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीले लिए शपथ

श्रेणी : समाचार

3 years
birgunj report
36Views
0 Shares

बुटवल । लुम्विनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले शपथ ग्रहण गरेका छन् । शनिवार राति सत्तासाझेदार ४ वटा दलका ९ जना प्रदेशसभा सदस्यहरुलाई मन्त्री नियुक्त गर्दै मुख्यमन्त्री लिला गिरीले आफ्नो मन्त्रिपरिषदलाई पूर्णता दिएका थिए ।

आइतबार दिउँसो नवनियुक्त मन्त्रीहरुलाई लुम्विनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले शपथ ग्रहण गराएका हुन् । गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री गिरीले पुस २८ गते शपथग्रहण गरेका थिए भने आफ्नो मन्त्रिमण्डलमा अर्घाखांचीका चेतनारायण आचार्य र बाँकेकी कृष्णा केसीलाई विना विभागीय मन्त्रीको रुपमा समावेश गरेका थिए ।

मुख्यमन्त्री गिरीले आफूले कुनैपनि मन्त्रालयको जिम्मेवारी राखेका लिएका छैनन् । मुख्यमन्त्रीले माओवादी संसदीय दलका नेता जोखबहादुर महरालाई आर्थिक मामिला मन्त्रालय, एमाले नेता चेतनारायण आचार्यलाई खानेपानी ग्रामिण तथा सहरी विकास मन्त्रालय, माओवादी नेता ईन्द्रजित थारुलाई भौतिक पस्र्वाधार विकास र एमाले नेता विष्णु पन्थीलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

त्यसैगरी माओवादी नेतृ कृष्णा केसीलाई आन्तरिक मामिला कानून तथा सहकारी, एमाले नेता दुर्गा प्रसाद चौधरी वन तथा वातावरण, राप्रपाका जानकी प्रसाद यादव उद्योग पर्यटन तथा यातायात व्यवस्था मन्त्रालय, एमाले नेता तुल्सीराम शर्मालाई कृषि तथा भूमि व्यवस्था मन्त्रालय र जनमत पार्टीका चन्द्रकेश गुप्तालाई समाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *