
श्रेणी : दुर्घटना
रौतहट,१८ भदाै । रौतहटको चन्द्रपुर नगरपालिका–४ धनसर पुल नजिकै पूर्व–पश्चिम महेन्द्र राजमार्गमा बुधबार बिहान ट्रक र स्कार्पियो एकआपसमा ठोक्किँदा सात जना घाइते भएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका अनुसार बिहान ४:३० बजे गण्डकी प्रदेशको बा ८०४ नम्बरको स्कार्पियो गाडी पोखराबाट सर्लाहीको हरिवन जाँदै गर्दा विपरीत दिशाबाट आइरहेको प्रदेश १–०२–००१ ख ९४१० नम्बरको ट्रकसँग ठोक्किएको हो।
दुर्घटनामा स्कार्पियो चालक विष्णुप्रसाद पौडेल , ट्रक चालक शिव आले मगर , मीरा अधिकारी, पार्वती गुरुङ, सोनुमाया पाइजाको , भगवती गुरुङ र वृद्धिमाया पुन घाइते भएका छन्।
घाइतेमध्ये चार जनाको हाइवे ट्रमा अस्पताल चन्द्रनिगाहपुरमा उपचार भइरहेको छ भने गम्भीर घाइते सोनुमाया पाइजाको, भगवती गुरुङ र वृद्धिमाया पुनलाई एल.एस. न्यूरो अस्पताल, परवानीपुर बारामा सारिएको छ।
दुर्घटनामा स्कार्पियो सवार दामोदर अधिकारी र ट्रकका सहचालक राजन थापा भने सकुशल छन्।
दुर्घटनापछि केहीबेर सडक अवरुद्ध भए पनि ट्राफिक प्रहरी र इलाका प्रहरी चन्द्रनिगाहपुरको टोलीले बाटो खुला गरेको छ। दुबै सवारीसाधनलाई अनुसन्धानका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा ल्याइएको छ।


प्रतिक्रिया