श्रेणी : मधेस
      1.8kViews
      
      
      1597
      Shares
      
      
रौतहट,,१४ वैशाख । रौतहटको गौर नगरपालिका–१ अन्तर्गत भन्सारको पूर्वपट्टिको बाटोमा शनिबार दिउँसो एक पुरुषको शव भेटिएको छ।
स्थानीयहरूले साँझ शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयको टोली तत्काल घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ।
जिल्ला प्रहरी प्रमुख दिलीप घिमिरेका अनुसार, मृतक बेवारिसे अवस्थामा भेटिएका हुन्। प्रारम्भिक अनुसन्धानबाट उनी मागेर खाने व्यक्ति हुनसक्ने देखिएको बताइएको छ।
मृतकको उमेर करिब ३५ वर्ष जति अनुमान गरिएको छ भने हालसम्म उनको परिचय खुलेको छैन। शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ।
यस घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।
    
    
    
									
									
									
									
        
        
प्रतिक्रिया