वीरगन्ज :

रौतहटबाट अवैध काठसहित दुई जना पक्राउ

श्रेणी : अपराध

2 months
Pradeep Sah
1.8kViews
1614 Shares

काठमाडौँ, ११ फागुन । नेपाल प्रहरीले अवैध सालको काठसहित दुई जनालाई पक्राउ गरेको छ । गए विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटबाट खटिएको प्रहरी गस्ती टोलीले दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा रौतहटको चन्द्रपुर नगरपालिका–४ बाट ३२ वर्षीया जयकिशोर कुमार र ४० वर्षीया सनिचर धामी पक्राउ परेका हुन् ।

उनीहरूको साथबाट ४ वटा साइकलमा लोड गरी लुकाई छिपाई चिडया दहबाट चपुर तर्फ लैजादैँ गरेको अवस्थामा सालको काठको गोलिया २१ क्युफिट, साईकल ४ थान बरामद गरि कारवाहीको लागि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर रौतहटमा दाखिला गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *