वीरगन्ज :

रास्वपाले संविधान परिमार्जनका लागि कार्यदल गठन, परियार संयोजक

श्रेणी : प्रदेश

1 year
Pradeep Sah
1.7kViews
1377 Shares

काठमाडौं, २१ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संविधानमा आवश्यक संशोधनको सन्दर्भमा ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको छ। प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा गठित कार्यदल शनिबारदेखि जारी केन्द्रीय समिति बैठकले निर्णय गरेको हो।

कार्यदलले सातै प्रदेशमा छलफल आयोजना गर्ने र त्यसको संयोजन सोही प्रदेशका पार्टी सभापतिले गर्ने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले बताएका छन्। कार्यदलले सार्वजनिक धारणा बनाउनका लागि संविधानविद् र विभिन्न साझेदारहरूसँग छलफल गर्नेछ।

कार्यदलका सदस्यहरूमा कान्तिशिखा धिताल, डा. नन्दन यादव, गणेश कार्की, सोविता गौतम, असिम साह, डा. तोसिमा कार्की, डा. अच्युतम लामिछाने र मेघ आले रहेका छन्।

रास्वपाले संविधान परिमार्जनका लागि आवश्यक संशोधन प्रस्ताव अघि बढाउने उद्देश्य राखेको छ, जसले नेपालको राजनीतिक र संवैधानिक प्रणालीलाई अझ प्रगति र समावेशी बनाउने अपेक्षाका साथ कार्यदलले काम अघि बढाउने छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *