वीरगन्ज :

रास्वपाको तयारी: मधेशबाट तीन जनालाई मन्त्री बनाउने चर्चा

श्रेणी : BANNER

3 hours
Pradeep Sah
2.4kViews
1588 Shares

बीरगन्ज,०२ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेश प्रदेशबाट तीन जनालाई मन्त्री बनाउने तयारी गरेको स्रोतले जनाएको छ।

पार्टी स्रोतका अनुसार मनिष झा लाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, ई. तपेश्वर यादव लाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय तथा डा. अमरेश सिंह लाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय को जिम्मेवारी दिने तयारी भइरहेको बताइएको छ।

मधेश प्रदेशबाट पार्टीले उल्लेख्य मत प्राप्त गरेपछि मधेशी समुदायलाई सरकारमा उचित प्रतिनिधित्व दिनुपर्ने विषय पार्टीभित्र उठेको स्रोतले जनाएको छ। सोहीअनुसार मधेशबाट तीन जना मन्त्री समावेश गर्ने तयारी गरिएको बताइएको छ।

यद्यपि मन्त्री चयनसम्बन्धी औपचारिक निर्णय भने पार्टीले हालसम्म सार्वजनिक गरेको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *