वीरगन्ज :

राष्ट्रियसभा उपाध्यक्षमा अर्यालको उम्मेदवारी दर्ता

श्रेणी : राजनीति

2 years
birgunj report
11Views
0 Shares

काठमाडौं । राष्ट्रियसभा उपाध्यक्षका लागि सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालले उम्मेवारी दर्ता गराएकी छन् ।

आइतबार संसद भवन पुगेर माओवादी केन्द्रकी अर्यालले उम्मेदवारी दर्ता गराएकी हुन् । माओवादी केन्द्रको शनिबार बसेको स्थायी कमिटी बैठकले अर्याललाई राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

राष्ट्रियसभा उपाध्यक्षमा नेपाली कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरिसकेको छ । त्यसैले अर्याल निर्विरोध निर्वाचित हुनेछिन् । राष्ट्रियसभा अध्यक्षमा एमालेबाट गणेशप्रसाद तिमिल्सना छन् । राष्ट्रियसभामा अध्यक्ष र उपाध्यक्ष फरक फरक पार्टीको हुनुपर्ने कानुनी व्यवस्था छ ।

राष्ट्रियसभामा हाल ५८ जना सांसद छन्। उपाध्यक्षको निर्वाचनका लागि आज दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन भोलि हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *