श्रेणी : BANNER
6Views
0
Shares
काठमाडौं । राष्ट्रियसभामा पनि नेकपा एमालेले सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउन माग गरेको छ । बिहीबारको राष्ट्रियसभाको बैठकमा एमाले सदस्य देवेन्द्र दाहालले उच्चस्तरीय छानबिन समिति बनाउन माग गरेका हुन् ।
संसदीय छानबिन समिति बनाउने हो भने त्यसमा राष्ट्रियसभालाई पनि सामेल गराउन उनले माग गरे । उनले सेटिङमा सुन तस्करी भएको बताए ।
उनले माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोराको नाम आएको बताउँदै अनुसन्धानको दायरामा नल्याएको भन्दै आपत्ति जनाए । यसअघि बुधबारको प्रतिनिधिसभामा पनि एमालेले उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै सदन अवरुद्ध गरेको थियो ।
प्रतिक्रिया