वीरगन्ज :

राष्ट्रपति पौडेल जनकपुरधाममा

श्रेणी : BANNER

2 years
birgunj report
167Views
0 Shares

जनकपुरधाम । राष्ट्रपति रामचन्द्र पौडेल जानकी मन्दिर दर्शनका लागि आज बिहान जनकपुरधाम पुगेका छन् । राष्ट्रपति पौडेलले जनकपुरधामस्थित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको उद्घाटन गर्ने कार्यक्रम छ । पौडेलको स्वागतमा जनकपुरधाम उपमहानगरपालिको आयोजनामा नागरिक अभिनन्दन कार्यक्रम समेत राखिएको छ ।

राष्ट्रपति पौडेल सोमबार जनकपुर आउने कार्यक्रम तय भएपछि उपमहानगरपालिकाले नागरिक अभिनन्दनको तयारी गरेको हो । आज दिउँसो १ बजेबाट सांस्कृतिक केन्द्र सभा हलमा अभिनन्दन कार्यक्रम सुरु हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *