श्रेणी : BANNER
35Views
0
Shares
रसुवा । हिमाली जिल्ला रसुवामा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार मोहन आचार्य विजयी भएका छन् । आचार्य १८ हजार दुई सय ३५ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकतम प्रतिस्पर्धी छेवाङ तामाङले आठ हजार छ सय १४ मत प्राप्त गरेका छन् ।
परिणाम जिल्ला निर्वाचन कार्यालयले आधिकारिकरूपमा घोषणा नगरेको भए पनि मतगणना सकिएको मुख्य निर्वाचन अधिकृत रामचन्द्र पौडेलले जानकारी दिए । कूल २८ हजार दुई सय ११ मत गणना गर्दा २७ हजार चार सय २७ मत सदर भएको थियो भने सात सय ८४ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया