वीरगन्ज :

युवाहरू कुलत र स्क्यामबाट टाढा रहनु एसपी गौतमको सुझाव

श्रेणी : मधेस

2 months
Pradeep Sah
2.0kViews
1407 Shares

बीरगन्ज,०७ जेठ । पर्साका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले कक्षा १२ सकेका युवाहरुलाई कुलत र स्क्याम जस्ता गलत गतिविधिबाट टाढा रहन आग्रह गरेका छन्। वीरगञ्ज पब्लिक कलेजले कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूका लागि आयोजना गरेको ‘नयाँ यात्राको शुभारम्भ’ कार्यक्रममा उनले यस्तो सुझाव दिएका हुन्।

एसपी मिश्रले साथीहरूको प्रभावमा परेर युवाहरू गलत बाटोमा लाग्ने सम्भावना उच्च हुने उल्लेख गर्दै, समयमै सचेत भई सही मार्ग अवलम्बन गर्नुपर्नेमा जोड दिए। उनले बीरगन्ज पब्लिक कलेजलाई एक प्रतिष्ठित शैक्षिक संस्थाको रूपमा चिनाउँदै यहाँ अध्ययनरत विद्यार्थीहरूले अनुशासन र लगनशीलता कायम राख्न सकेमा आफ्नो भविष्य उज्यालो बनाउन सक्ने धारणा राखे।

कार्यक्रम वीरगञ्ज पब्लिक कलेजका पूर्व कार्यकारी निर्देशक प्रा. डा. दीपक शाक्यको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्याब्सन पर्साका अध्यक्ष सरोज चौधरी, कलेजका प्रा. डा. विनय ठाकुर, पत्रकार राम सर्राफ, नीरज पिठाकोटे मगर लगायतले शुभकामना मन्तव्य दिँदै विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गरे।

कार्यक्रममा सहायक क्याम्पस प्रमुख अरविन्द श्रेष्ठ, आदर्श माविका प्रधानाध्यापक हरि तुलाधार, प्रेस सेन्टर नेपाल पर्साका अध्यक्ष शिवनाथ यादव, मानव सेवा आश्रमका केन्द्रीय सदस्य देवेश गुप्ता लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *