वीरगन्ज :

मोरङका ४ क्याम्पसमा अखिल क्रान्तिकारी, २/२ क्याम्पसमा नेविसंघ र अखिलको बिजयी

श्रेणी : प्रदेश

4 weeks
Pradeep Sah
2.1kViews
1641 Shares

विराटनगर,६ चैत –  मोरङका चार क्याम्पसमा नेकपा माओवादी केन्द्रनिकट अनेरास्ववियु क्रान्तिकारीले स्ववियू सभापति पदमा जित हासिल गरेको छ।

त्रिभुवन विश्वविद्यालय अन्तर्गत मोरङका आठ क्याम्पसको मतपरिणाम सार्वजनिक हुँदा अखिल क्रान्तिकारीले चार क्याम्पसमा विजय प्राप्त गरेको छ।

आंगिक क्याम्पसमध्ये विराटनगरको डिग्री क्याम्पस र विराटनगर नर्सिङ क्याम्पसमा अखिल क्रान्तिकारीका उम्मेदवार निर्वाचित भएका छन्। डिग्री क्याम्पसमा क्रान्तिकारीका प्रीतम साह नेतृत्वको प्यानल नै विजयी भएको छ भने नर्सिङ क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका रोहित ताजपुरिया निर्वाचित भएका छन्।

कानेपोखरीस्थित रमाइलो क्याम्पसको सभापतिमा अखिल क्रान्तिकारीका अनिश कार्की विजयी भएका छन्। त्यस्तै, मोरङको मिक्लाजुङ क्याम्पसको सभापतिमा सुजन घिमिरे निर्वाचित भएका छन्।

केरावारीको खदम क्याम्पसमा अनेरास्ववियुका सङ्गम कन्दङ्वा सभापतिमा विजयी भएका छन् भने सुन्दरहरैचाको सुकुना बहुमुखी क्याम्पसमा अनेरास्ववियुका एलिस ओझाले जित निकालेका छन्।

पथरी बहुमुखी क्याम्पसमा नेविसंघका केशर राई विजयी भएका छन् भने उर्लाबारी बहुमुखी क्याम्पसको सभापतिमा पनि नेविसंघकै पोषण आचार्य निर्वाचित भएका छन्। यसैबीच, महेन्द्र मोरङ क्याम्पस, विराटनगरमा मतगणना जारी छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *