
श्रेणी : मधेस
बीरगन्ज,२४ पुस । बीरगन्ज महानगरपालिका वडा नम्बर २८ ददरवनको सार्वजनिक जग्गा मेयर राजेशमान सिंहले निरीक्षण गरेका छन्।
स्थानीय बासिन्दासँग भेटघाट र छलफल गर्दै उनले सार्वजनिक जग्गाको वर्तमान अवस्था र समस्या बारे जानकारी लिएका छन्। मेयर सिंहले सार्वजनिक सम्पत्तिको संरक्षण र अतिक्रमणमुक्त बनाउने अभियानलाई तीव्र बनाउने प्रतिबद्धता व्यक्त गरे।
बुधवारको निरीक्षणका क्रममा उनले ददरवनमा रहेको सार्वजनिक पोखरीको समेत अवलोकन गरे। यस अवसरमा मेयरका सल्लाहकार हरी पोख्रेल र नगर प्रहरीसहितको उपस्थिति रहेको थियो।
सार्वजनिक जग्गाको संरक्षण अभियानलाई निरन्तरता दिँदै, मेयर सिंहले यसअघि बीरगन्जस्थित बीपी उद्यान पार्कको जग्गालाई पनि अतिक्रमणमुक्त गराएका थिए। महानगरले सार्वजनिक सम्पत्तिहरूको संरक्षण र पुनर्स्थापनाका लागि ठोस कदम चालिरहेको छ।

प्रतिक्रिया