वीरगन्ज :

मुख्यमन्त्री रावलले आज विश्वासको मत लिँदै, नागरिक उन्मुक्तिले नदिए सरकार ढल्ने

श्रेणी : राजनीति

2 years
birgunj report
11Views
0 Shares

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावल आज विश्वासको मत लिँदैछन् । प्रदेशसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको र विश्वासको मत लिने कार्यसूची रहेको सुदूरपश्चिम प्रदेशसभा सचिवालयले जनाएको छ ।

नागरिक उन्मुक्ति पार्टीले आफ्नो माग सम्बोधन नभएकोले मुख्यमन्त्री रावललाई विश्वास मत नदिने निर्णय गरेको छ । यस्तोमा नागरिक उन्मुक्तिले विश्वासको मत नदिने निर्णय गर्दा रावल नेतृत्वको सरकार एक महिना नपुग्दै ढल्नेछ ।

२७ पुसमा माओवादी केन्द्र, नागरिक उन्मुक्ति र राप्रपसहित २९ सांसदको समर्थनमा एमाले संसदीय दलका नेता रावल मुख्यमन्त्री बनेका हुन् । मुख्यमन्त्री भएको एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *