२०८२ श्रावन ११, शनिबार

वीरगन्ज :
२३:३३:२७

मापसे चेकजाँचका क्रममा स्कर्पियोबाट १५ लाखको गरगहना बरामद

श्रेणी : अन्तर्राष्ट्रिय

2 months
Pradeep Sah
2.9kViews
1674 Shares

रौतहट,१२ जेठ । सर्लाहीमा ट्राफिक प्रहरीको मापसे (मदिरा सेवन) जाँचका क्रममा एक भारतीय नम्बर प्लेटको स्कर्पियो गाडीबाट करिब १५ लाख रुपैयाँ बराबरको सुनचाँदीको गरगहना र नगद बरामद भएको छ।

बीआर ३० एके ७२२० नम्बरको उक्त स्कर्पियो गाडीलाई सर्लाहीको लालबन्दी नगरपालिका–१ स्थित पूर्व–पश्चिम लोकमार्गमा शनिबार बिहान ९:३० बजे ट्राफिक टोलीले रोकेको थियो। जाँचका क्रममा गाडीका चालकले मदिरा सेवन गरेको पाइएपछि प्रहरीले वैकल्पिक चालक ल्याउन अनुरोध गरेको थियो।

तर चालकसहित चार जना पुरुष गाडी छाडेर कागजात र अर्को चालक ल्याउने भन्दै फरार भए। उनीहरू समयमै नफर्किएपछि शंका लागी प्रहरीले गाडी नियन्त्रणमा लिई थप अनुसन्धान थालेको थियो।

ईलाका प्रहरी कार्यालय लालबन्दीको टोलीले जनप्रतिनिधिहरूको रोहवरमा गाडीको खानतलासी गर्दा इन्जिनको भागमा प्लास्टिक र गम्छाले बेरिएको झोलाभित्र सुनचाँदीका गरगहना फेला परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी सरोज राईले बताए ।

त्यसैगरी गाडीभित्र अन्य स्थानबाट चाँदीका सामग्री र केही नगदसमेत बरामद गरिएको छ। बरामद सम्पत्ति र गाडीलाई आवश्यक कारबाहीका लागि सर्लाही भन्सार कार्यालय, मलंगवामा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *