वीरगन्ज :

मातृनामबाट नागरिकता वितरण, झन्डै तीन हजार लाभान्वित

श्रेणी : BANNER

2 hours
Pradeep Sah
2.3kViews
1003 Shares

काठमाडौं,१० चैत । नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ लागू भएयता आमाको नामबाट करिब तीन हजार जनाले नेपाली नागरिकता प्राप्त गरेका छन्।

गृह मन्त्रालयका अनुसार नयाँ नियमावली लागू भएपछि हालसम्म २ हजार ९४८ जनाले आमाको नामका आधारमा नागरिकता लिएका हुन्।सरकारले नेपाल नागरिकता नियमावली, २०६३ लाई चौथो पटक संशोधन गर्दै नयाँ व्यवस्था लागू गरेको हो। उक्त संशोधन मन्त्रिपरिषद्को पुस ११ गतेको निर्णयपछि राजपत्रमा प्रकाशित गरिएको थियो।
के छ नयाँ व्यवस्था?
संशोधित नियमावलीअनुसार अब बुबा वा आमामध्ये एक जनाले जन्मका आधारमा नागरिकता पाएको र अर्को अभिभावकको मृत्यु भएको वा बुबाको पहिचान नखुलेको अवस्थामा सन्तानले नागरिकता पाउन सक्ने व्यवस्था गरिएको छ।

त्यस्तै, नेपाली आमाबाट विदेशमा जन्मिएका तर बुबाको पहिचान नभएका र नेपालमा स्थायी बसोबास गरिरहेका सन्तानलाई पनि नागरिकता दिने प्रावधान समावेश गरिएको छ।

नयाँ व्यवस्थाले नागरिकता प्रदान गर्ने अधिकार प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई दिएको छ, जसले स्थानीय स्तरमै प्रक्रिया सहज बनाएको छ। यसअघि यस्तो अधिकार गृह मन्त्रालयमै सीमित थियो।
स्वघोषणालाई पनि मान्यता
संशोधनले आवश्यक कागजातसँगै स्वघोषणालाई पनि महत्वपूर्ण आधारका रूपमा मान्यता दिएको छ। साथै, नाबालक परिचयपत्र वितरणसम्बन्धी विषयलाई पनि पहिलो पटक स्पष्ट रूपमा समेटिएको छ।

यसका अतिरिक्त, विदेशी महिलाले नेपाली पुरुषसँग विवाह गर्दा वैवाहिक अङ्गीकृत नागरिकता पाउनुअघि नेपालमा बसाइँ अनुमति (भिसा) नियमित हुनुपर्ने प्रावधान पनि स्पष्ट गरिएको छ।

नयाँ नियमावलीले नागरिकता वितरण प्रक्रियालाई सहज, पारदर्शी र समावेशी बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *