वीरगन्ज :

माग पूरा नगरे कुनै गठबन्धनलाई समर्थन नगर्ने नागरिक उन्मुक्ति पार्टीको चेतावनी

श्रेणी : राजनीति

3 years
birgunj report
23Views
0 Shares

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफना मागबारे ध्यानाकर्षण गराएको छ ।

उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितको नेतृत्वमा एक टोलीले प्रधानमन्त्री प्रचण्डलाई शुक्रबार भेटेर आफ्ना माग बारे लिखित ध्यानाकर्षण गराएको हो । उन्मुक्ति पार्टीले गत आइतबार प्रचण्ड प्रधानमन्त्री नियुक्त हुँदा समर्थन दिएको थियो।

यद्यपि, आफूहरुको माग पूरा नभएसम्म सरकारमा सहभागी नहुने अडानमा उन्मुक्ति पार्टी छ । शुक्रबार प्रधानमन्त्रीलाई दिएको ध्यानाकर्षणमा आफ्ना पार्टीका संरक्षक रेशम चौधरीको रिहाईसहित टीकापुर घटनाका आरोपितहरुको मुद्दा फिर्ता, लाल आयोगको प्रतिवेदन सार्वजनिक, पूर्ववर्ती सरकारले ल्याएको अध्यादेश राष्ट्रपतिबाट प्रमाणीकरण गराउने बारेमा पहल गर्नुपर्ने लगायतका माग अघि सारेका छन् ।

प्रतिनिधि सभामा चार सिट जितेको उन्मुक्ति पार्टीले सुदूरपश्चिमको प्रदेश सभामा पनि आफ्नो महत्वपूर्ण उपस्थिति जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *