
श्रेणी : BANNER
वीरगंज,२६ असार – जनकपुरधाम, २६ असार महोत्तरीस्थित पूर्वधार विकास कार्यालयमा पत्रकारमाथि भएको दुव्र्यवहारप्रति समाजवादी प्रेस संगठन नेपाल, मधेश प्रदेशले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संगठनले एक प्रेस बिज्ञप्ती जारी गर्दै घटनाको छानबिन गरी दोषीलाई कानुनी कारबाही गर्न माग समेत गरेको छ ।
गत २३ असार राति कुनै अनियमित गतिविधि भएको सूचना संकलनका लागि एचटिपी खबरका पत्रकार दिवाकर साह महोत्तरीका पूर्वधार विकास कार्यालय पुगेका थिए । त्यहाँ खटिएका कर्मचारीहरूले पत्रकारमाथि दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएपछि घटनाप्रति चासो बढाएको छ । संगठनले समाचार संकलनका क्रममा पत्रकारमाथि भएको यस्तो दुव्र्यवहार प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्यविपरीत भएको बिज्ञप्तीमा उल्लेख गरेको छ ।
संगठनका अध्यक्ष मनोज पटेलद्वारा जारी विज्ञप्तिमा दोषीलाई कानुनी दायरामा ल्याउन र यस्ता घटना पुनः नदोहोरिन कानुनी तथा संरचनात्मक व्यवस्था गर्न माग गरिएको छ । साथै, सरकारले पत्रकारहरूको सुरक्षामा गम्भीर ध्यान दिनुपर्ने संगठनको माग छ ।
संगठनले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप हुने कुनै पनि गतिविधि स्वीकार गर्न नसकिने स्पष्ट पार्दै पत्रकारमाथि भएको दुव्र्यवहार रोक्न र दोषीलाई कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ ।


प्रतिक्रिया