
श्रेणी : मधेस
काठमाडौँ,२७ पुस । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) आगामी वैशाखमा हुने महाधिवेशनको तयारीमा सक्रिय भएको छ। महाधिवेशनका लागि वडातहदेखि माथिल्लो तहसम्मको प्रक्रिया स्पष्ट गर्न निर्देशिका तयार पारिएको छ।
पार्टीका वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलको संयोजकत्वमा बनेको निर्देशिका अध्यक्ष महन्थ ठाकुरलाई हस्तान्तरण गरिएको छ। निर्देशिकामा वडास्तरदेखि केन्द्रीय तहसम्म अधिवेशन सञ्चालन गर्ने, चुनावको विधि, र महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया उल्लेख गरिएको कार्यदलका सदस्य मनिष मिश्रले जानकारी दिए।
लोसपाले वैशाख २६ गतेका लागि महाधिवेशन तय गरेको छ। विगतमा विभाजनको शृंखलाबाट प्रभावित पार्टीले लामो समयपछि महाधिवेशन आयोजना गर्न लागेको हो। यसअघि, पार्टीले सदस्यता नवीकरण र स्थानीय प्रतिनिधि भेलाहरूका कार्यक्रमहरू पनि जारी राखेको छ।
लोसपाको यो महाधिवेशनले पार्टी संगठनलाई बलियो बनाउँदै आगामी राजनीतिक रणनीतिलाई स्पष्ट गर्ने अपेक्षा गरिएको छ।


प्रतिक्रिया