श्रेणी : प्रदेश
      2.3kViews
      
      
      1692
      Shares
      
      
काठमाडौं,२६ असार । अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेप्रति ऐक्यबद्धता जनाउँदै उनीका पक्षमा चलिरहेको अभियानमा समर्थन गरेकी छन्।
कोइराला बिहीबार वनस्थलीस्थित रास्वपा पार्टी कार्यालय पुगेकी थिइन् र त्यहीँ हस्ताक्षर अभियानमा सहभागिता जनाएकी हुन्। हस्ताक्षरपश्चात् संक्षिप्त प्रतिक्रिया दिँदै उनले रवि लामिछानेमाथि राज्यबाट अन्याय र दुव्र्यवहार भइरहेको बताउँदै न्यायको पक्षमा आफू उभिएको प्रस्ट पारिन्।
उनको समर्थनले लामिछानेका पक्षमा भइरहेको अभियानलाई थप जनसमर्थन र सशक्तता प्रदान गरेको बताइएको छ।
    
    
    
									
									
									
									
        
        
प्रतिक्रिया