वीरगन्ज :

मधेस सरकारको गणतन्त्र दिवसमा प्रेस स्वतन्त्रता सेनानीलाई सम्मान गर्ने तयारी

श्रेणी : मधेस

2 months
Pradeep Sah
2.4kViews
1589 Shares

जनकपुर,१३ जेठ । मधेस प्रदेश सरकारले आगामी गणतन्त्र दिवस २०८१ को अवसरमा प्रेस स्वतन्त्रताको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएका अग्रज पत्रकार र संघर्षशील व्यक्तित्वलाई “प्रेस स्वतन्त्रता सेनानी”को रूपमा सम्मान गर्ने निर्णय गरेको छ। यसका लागि गृह, सञ्चार तथा कानून मन्त्रालयले पत्रकार महासंघका सबै शाखाहरूलाई पत्र जारी गर्दै सम्मानको लागि नाम सिफारिस गर्न आग्रह गरेको छ।

पत्रमा उल्लेख गरिएको छ कि गणतन्त्रको मूल मर्म र भावना अनुरूप पत्रकारितामा योगदान पुर्‍याएका व्यक्तिहरूलाई सम्मान गर्ने उद्देश्यले यो प्रक्रिया अघि बढाइएको हो। सार्वजनिक जीवनमा प्रेस स्वतन्त्रताको रक्षामा अग्रसर रहेका पत्रकार, सम्पादक, प्रकाशक र स्वतन्त्र प्रेसका पक्षधरलाई सम्मान गर्नका लागि प्रदेशभरका पत्रकार महासंघहरूलाई नाम संकलनको प्रक्रिया सुरु गर्न निर्देशन दिइएको छ।

यस पहलले मधेस प्रदेशमा प्रेस स्वतन्त्रताको संरक्षण र प्रवर्धनमा योगदान पुर्‍याउने पत्रकारहरूको सम्मान गर्दै, आगामी पुस्तालाई प्रेरित गर्ने उद्देश्य राखेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *