जनकपुर,०७ चैत । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट आज बिहान ८ बजेदेखि एसइई सञ्चालन हुनेछ । तालिकाअनुसार पहिलो दिन अनिवार्य अङ्ग्रेजी तथा संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना र मदरसातर्फ अनिवार्य अरेबिक भाषा विषयको परीक्षा सञ्चालन हुनेछ ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसईई०मा मधेस प्रदेशका झण्डै ८९ हजार विद्यार्थी सहभागी हुने भएका छन् ।
आज ९चैत ७० गतदेखि सुरु हुने परीक्षामा प्रदेशका ८८ हजार ८५८ विद्यार्थी सहभागी हुने मधेस प्रदेश शिक्षा बिकास निर्देशनालय जनकपुरधामले जनाएको छ ।
प्रदेशका आठै वटा जिल्लाको ३१२ परीक्षा केन्द्रबाट ती विद्यार्थीले परीक्षा दिने व्यवस्था मिलाइएको निर्देशनालयका निर्देशक ठुलोबाबु दाहालले बताए । उनका अनुसार आजदेखि सञ्चालन हुने एसईई परीक्षामा सबैभन्दा बढी प्रदेश राजधानी धनुषा जिल्लाका विद्यार्थीले परीक्षा दिनेछन् ।
धनुषाको ४५ वटा केन्द्रबाट १३ हजार ६५४ जनाले परीक्षामा भाग लिने बताइएको छ ।यसैगरी पर्साको २९ परीक्षा केन्द्रबाट १२ हजार ६३७, सर्लाहीका ३८ परीक्षा केन्द्रबाट १२ हजार ३२, सिरहाका ४९ परीक्षा केन्द्रबाट १० हजार ७०३ जना विद्यार्थी एसईई परीक्षामा सहभागी हुनेछन् ।
यस्तै महोत्तरीका ३२ परीक्षा केन्द्रबाट १० हजार ९५२, रौतहटका ४० केन्द्रबाट १० हजार ४७९ जनाले परीक्षा दिनेछन ।
मधेसको सप्तरी जिल्लाबाट सबैभन्दा थोरै विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् ।
त्यहाँका ३७ परीक्षा केन्द्रबाट ८ हजार ७१५ जना विद्यार्थी एसईई परीक्षामा भाग लिने निर्देशनालयको तथ्यांक छ ।
त्यस्तै बाराका ४२ परीक्षा केन्द्रबाट ९ हजार ६८६ जना परीक्षार्थीले यसवर्षको एसईईको परीक्षा दिने निर्देशनालयले जनायो ।
परीक्षा सञ्चालन हुने ३१२ परीक्षा केन्द्रमा ३१२ जना केन्द्राध्यक्ष, ४५९ सहायक केन्द्राध्यक्ष, चार हजार ३७० निरीक्षक, ७५५ परीक्षा सहायक, एक हजार ६६६ जना सहयोगी कर्मचारी परीक्षामा खटिनेछन् । यस्तै चार हजार ६८० जना सुरक्षाकर्मी समेत परिचालन हुने जनाइएको छ ।
प्रदेश सरकारले यसवर्षको एसईई परीक्षा बहिष्कार गर्दा डाटा पनि फरक आएको आरोपसमेत लाग्न थालेको छ ।
मुख्यमन्त्री सतिस सिंहले पत्रकार सम्मेलन गर्दै एसईई परीक्षामा धेरै नै धान्धली हुने गरेको भन्दै बहिष्कार गर्ने निर्णय गरेका थिए ।यसबारे प्रदेश शिक्षा निर्देशनालयका निर्देशक दाहालले जिल्लासँग प्रदेशको डाटामा थपघट भएको स्विकारे ।
उनले भने, ‘हामीले यो तथ्यांक एक महिना अगाडि नै लिएका हौँ, त्यो बेला परीक्षा फारम भर्ने विद्यार्थीको सङ्ख्या आधारमा हामीले ईन्ट्री गरेका हौँ ।
प्रतिक्रिया