वीरगन्ज :

मधेश प्रदेशमा एमालेतर्फ पर्साका प्रदीप यादवले ल्याए सबैभन्दा बढी मत

श्रेणी : मधेस

2 hours
Pradeep Sah
2.8kViews
1990 Shares

वीरगंज, ९ चैत — मधेश प्रदेशका ३२ वटा निर्वाचन क्षेत्रमा पराजित भएका नेकपा एमालेका उम्मेदवारमध्ये पर्साका उम्मेदवारहरूले सबैभन्दा बढी मत ल्याएको नेकपा एमाले पर्साका एक नेताले बताएका छन्।

उनका अनुसार पर्सा निर्वाचन क्षेत्र नं. १ का एमाले उम्मेदवार प्रदीप यादवले मधेश प्रदेशभरिका एमाले उम्मेदवारमध्ये सबैभन्दा बढी मत प्राप्त गरेका थिए। उनले १३ हजार ३० मत ल्याए पनि पराजित भए। उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका थिए।

त्यसैगरी, नेपाली कांग्रेसका उम्मेदवार अनिल रुङ्गटाले ११ हजार ८ सय ८५ मत प्राप्त गर्दै तेस्रो स्थानमा सीमित भए।

देशभर ‘घण्टी’ चुनाव चिन्हको लहर देखिए पछि पर्सा जिल्लाका निर्वाचन क्षेत्र नं. १, २, ३ र ४ का एमाले उम्मेदवारहरूले पराजय बेहोरेका छन्। तर उनीहरूले प्राप्त गरेको मतलाई सन्तोषजनक मानिएको ती नेताको भनाइ छ।

मधेश प्रदेशका अन्य जिल्लामा एमाले उम्मेदवारहरूले १२ हजार मतसमेत कटाउन नसकेको अवस्थामा पर्साका उम्मेदवारहरूले अपेक्षाकृत राम्रो मत ल्याएको एमाले नेताहरूले बताएका छन्। पार्टीले समग्र रूपमा कमजोर नतिजा व्यहोरे पनि मतपरिणाम र हारका कारणबारे आन्तरिक समीक्षा भइरहेको र थप ऊर्जा साथ पुनः उठ्ने दाबी नेताहरूले गरेका छन्।

पर्सा निर्वाचन क्षेत्र नं. २ मा एमाले उम्मेदवार रिमा यादवले ११ हजार ६ सय ५, क्षेत्र नं. ३ मा रुपेश पाण्डेले ११ हजार ९ सय १४ र क्षेत्र नं. ४ मा जामिल मियाँले १२ हजार १ सय ४५ मत प्राप्त गरेका थिए। क्षेत्र नं. १ बाहेक अन्य तीनवटै क्षेत्रमा एमाले उम्मेदवारहरू तेस्रो स्थानमा सीमित भए।

राष्ट्रिय स्वतन्त्र पार्टीले मधेश प्रदेशका ३२ सिटमध्ये ३१ सिटमा जित निकाले पनि कानुनी अड्चनका कारण एक सिट गुमाउनुपरेको थियो। रास्वपाले ३० सिटमा अन्य दलका उम्मेदवारहरूलाई ठूलो मतान्तरले पराजित गरेको थियाे ।

प्रदीप यादवलाई उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टी नेपालले टिकट नदिएपछि उनी एमाले प्रवेश गरी चुनाव लडेका थिए। उता, जनता समाजवादी पार्टी (जसपा) नेपालका मधेश प्रदेश अध्यक्ष उपेन्द्र यादव बाहेक अन्य अधिकांश उम्मेदवारहरूको जमानत जफत भएको बताइएकाे छ । जसपा नेपालका उम्मेदवारहरु पर्साकाे ४ बटै निर्वाचन क्षेत्रमा जमानत समेत जोगाउँन सकेन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *