वीरगन्ज :

मधेशमा पानीको चरम अभाव, पूर्वमन्त्री सिंहले सरकारसँग मागे जवाफ

श्रेणी : मधेस

4 months
Pradeep Sah
2.8kViews
1170 Shares

जनकपुर,३० असार । मधेश प्रदेशका विभिन्न जिल्लामा खानेपानीको चरम अभाव हुँदा पनि प्रदेश सरकार मौन बसेको भन्दै सत्तारुढ दल नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति तथा पूर्वमन्त्री वीरेन्द्र प्रसाद सिंहले गम्भीर प्रश्न उठाएका छन्। सोमबार बसेको प्रदेश सभा बैठकमा बोल्दै सांसद सिंहले मधेश सरकारले सुख्खा ग्रस्त क्षेत्र घोषणा गरे पनि त्यसको प्रभावकारी कार्यान्वयन नभएको भन्दै आपत्ति जनाए।

सिंहले भने, ‘म मधेश सरकारलाई सोध्न चाहन्छु, अहिले पानीको हाहाकार छ। मैले पर्साको वीरगन्ज, बाराका विभिन्न गाउँठाउँमा जाँदा आम जनता पानीबिना तड्पिरहेका छन्। सरकारले दुई–तीन दिनअघि मधेश प्रदेशलाई सुख्खा प्रदेश घोषणा गरेको थियो, तर कागजमा घोषणा गरेर मधेशका जनताले पानी खान्छन् ? आम किसानले खेतमा पानी पाउँछन्, सभामुख महोदय ?’

सांसद सिंहले मधेश प्रदेश सरकारले सुख्खा ग्रस्त क्षेत्र घोषणा गरेको चार दिन बितिसक्दा पनि जनताका लागि कुनै ठोस कार्यक्रम अगाडि नबढाएकोमा आक्रोश व्यक्त गरे। उनले सभामुखमार्फत मुख्यमन्त्री सतीश कुमार सिंहको ध्यानाकर्षण गराउँदै तत्काल कृषि क्षेत्रमा देखिएको पानीको समस्या समाधान गर्न ठोस कार्यक्रम ल्याउन माग गरे। सिंहले ‘तराई मधेशमा पानीको हाहाकार हुँदा समेत सरकार किन अन्धो भयो ?’ भन्दै सरकारको कार्यशैलीप्रति गम्भीर औचित्यको प्रश्न खडा भएको बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *