वीरगन्ज :

भोलि र पर्सि देशका अधिकांश ठाउँमा वर्षा र हिमपातको सम्भावना

श्रेणी : प्रदेश

4 months
Pradeep Sah
2.7kViews
1165 Shares

काठमाडौं, ११ पुस । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण शुक्रबार दिउँसोदेखि नेपालका अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। विभागले आज विशेष सूचना जारी गर्दै शुक्रबार र शनिबारका लागि वर्षा र हिमपातको पूर्वानुमान गरेको हो ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा अधिकांश स्थानहरूमा वर्षा र हल्का देखि मध्यम हिमपात हुने सम्भावना छ भने गण्डकी, बागमती र कोशी प्रदेशका केही स्थानहरूमा पनि हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

साथै, सुदूरपश्चिम, कर्णाली, र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा हुने सम्भावना रहेको बताइएको छ ।

विभागका अनुसार, उक्त मौसम प्रणालीको असरले तापक्रम घट्ने र चिसो बढ्ने पनि अनुमान गरिएको छ। विभागले जनजीवन, स्वास्थ्य, पर्वतारोहण र हवाई यातायातमा असर पर्न सक्ने भएकोले सर्वसाधारण र सबै सरोकारवाला निकायलाई सतर्क रहन र आवश्यक तयारी गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *