वीरगन्ज :

बृहत् वाम एकताका लागि माओवादीद्वारा पाँच सदस्यीय कार्यदल गठन

श्रेणी : समाचार

2 years
birgunj report
12Views
0 Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले बृहत् वाम एकताका लागि उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ ।

माओवादी केन्द्रको शनिबार बसेको केन्द्रीय कार्यालयको बैठकले महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत रहेको पाँच सदस्यीय कार्यदल गठन गरेको हो ।

बैठकले पार्टी अध्यक्षको नेतृत्वमा गठित सरकारका प्रधानमन्त्रीले यही पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने कार्यतालिका रहेकाले त्यसका लागि प्रतिनिधिसभामा रहेका सबै दल तथा स्वतन्त्र सांसदलाई पार्टीका तर्फबाट आह्वान गर्ने निर्णय गरेको प्रवक्ता महराले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *