बीरगन्ज,०१ जेठ । बीरगन्ज महानगरपालिका–१४ स्थित स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्य प्रमुख सचिदानन्द प्रसाद जसवाल कार्यालय समयमा नियमित रूपमा अनुपस्थित हुने, जबरजस्ती हाजिरी भर्ने जस्ता कार्य गरेको आरोपमा विवादमा तानिएका छन्।
बिहीबार बिहान ११:२५ बजेसम्म पनि कार्यालयमा नआएका जसवालले हाजिरी रजिस्टरमा टिपेक्स प्रयोग गरेर हाजिरी भरेको देखिएपछि स्थानीय जनप्रतिनिधिहरूले आपत्ति जनाएका हुन्। उनीहरूका अनुसार जसवाल आफ्नो इच्छा अनुसार आउँछन् र जान्छन्, जसले स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पारेको छ।
स्थानीय जनप्रतिनिधिहरूले यस्तो लापरबाहीले स्थानीय सरकारको अनुशासन र विश्वसनीयता नै धरापमा परेको भन्दै तत्काल छानबिन गरी कारबाही गर्न माग गरेका छन्। जनस्वास्थ्य प्रवर्द्धनजस्तो संवेदनशील क्षेत्रमा यस्तो बेवास्ता हुनु गम्भीर विषय भएको उनीहरूको भनाइ छ।
प्रतिक्रिया