
श्रेणी : मधेस
बीरगन्ज,०९ माघ । जाडो मौसममा चिसोबाट प्रभावित गरिब, एकल महिला, र ज्येष्ठ नागरिकलाई लक्षित गरी वीरगञ्ज महानगरपालिकाले साहिब दरबार बीरगन्ज नेपालको समन्वयमा ३७६ जनालाई न्यानो कम्बल वितरण गरेको छ।
बुधबार बीरगन्ज –१९ बिन्दबासिनी र बरवा गाउँमा १७६ जनालाई तथा वीरगञ्ज–१६ नगवामा २०० जनालाई कम्बल वितरण गरिएको साहिब दरबार वीरगञ्जका अध्यक्ष उमेशलाल सहनीले बताए।
कार्यक्रममा साहिब दरबार वीरगञ्जकी अभिभावक अन्नपूर्णा मानन्धर, संगिता दास, सुरज गुप्ता, बरकतुन नेशा, हफिज मियाँ, वीरगञ्ज–१९ का वडा सदस्यहरू उपेन्द्र यादव र विनोद चौरसिया तथा वीरगञ्ज–१६ की वडा सदस्य लवंगी देवीको सहभागिता थियो।
यसअघि गत सोमबार पनि बीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौं र वडा नम्बर २७ दरदरवामा २०५ जनालाई कम्बल वितरण गरिएको थियो। साहिब दरबार बीरगन्जका अध्यक्ष सहनीका अनुसार महानगरले चिसोको मारमा परेका विपन्न वर्गका नागरिकलाई राहत प्रदान गर्न यो अभियानलाई निरन्तरता दिँदै आएको छ।

प्रतिक्रिया