वीरगन्ज :

बीरगन्ज बसपार्क चोकमा मोटरसाइकल दुर्घटना, दुई युवक घाइते

श्रेणी : दुर्घटना

14 hours
Pradeep Sah
2.9kViews
1845 Shares

बीरगन्ज,१७ चैत । बसपार्क चोक बीरगन्जमा गएराति भएको मोटरसाइकल दुर्घटनामा दुई जना युवक घाइते भएका छन्।

प्रहरीका अनुसार दुर्घटनामा बाराको चिलझप्टीका १९ वर्षीय धिरज पटेल र बीरगन्ज–१६ नगवाका १८ वर्षीय आशुतोष तिवारी घाइते भएका हुन्। अनियन्त्रित भएर मोटरसाइकल दुर्घटना हुँदा चालक र पछाडि सवार दुवै जना घाइते भएका बताइएको छ।

घटनापछि तत्कालै खटिएको प्रहरी टोलीले दुवै घाइतेलाई उद्धार गरी भवानी अस्पताल मा उपचारका लागि पुर्‍याएको थियो। अस्पतालका अनुसार आशुतोष तिवारीको अवस्था सामान्य रहेको छ भने धिरज पटेलको शरीरका विभिन्न भागमा चोट लागेकाले उपचार जारी रहेको छ।

जिल्ला प्रहरी कार्यालय पर्सा ले घटनाबारे आवश्यक अनुसन्धान सुरु गरिसकेको जनाएको छ। दुर्घटनाको कारण तीव्र गति वा अन्य प्राविधिक समस्या के हो भन्नेबारे थप विवरण संकलन भइरहेको छ।

बसपार्क क्षेत्र सवारी चाप बढी हुने स्थान भएकाले ट्राफिक प्रहरीले चालकहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *