वीरगन्ज :

बीरगन्जमा दैनिक ५ लाख लिटर पानी वितरण

श्रेणी : मधेस

2 months
Pradeep Sah
2.7kViews
1374 Shares

बीरगन्ज,०४ साउन । लामो खडेरी र चापाकल सुकेपछि खानेपानीको चरम अभाव झेलिरहेको बीरगन्जमा सर्वसाधारणलाई दैनिक ५ लाख लिटर पानी वितरण गरिँदै आएको छ।

बीरगन्ज महानगरपालिकाका अनुसार महानगरले आफ्ना २ वटा वारुण यन्त्र, एक ट्यांकर र अन्य साधनमार्फत दैनिक करिब ४ लाख लिटर पानी वितरण गर्दै आएको छ। साथै, मधेस प्रदेश सरकारले उपलब्ध गराएको ८ वटा वारुण यन्त्रबाट नेपाली सेनाले थप १ लाख लिटर पानी वितरण गरिरहेको पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए।

अर्यालका अनुसार, एउटा वारुण यन्त्रले ५ हजार लिटर पानी बोक्न सक्छ र यी यन्त्रहरूलाई पानी संकलनका लागि महानगरले स्थान उपलब्ध गराएको छ। वितरणका क्रममा सबै वडालाई समान प्राथमिकता दिइएको उनले बताए।

तीन सातादेखि खडेरीले सताएको बीरगन्ज क्षेत्रमा अधिकांश चापाकल सुक्दै गएपछि पानीको हाहाकार भएको छ। धेरै घरमा खानेपानी संस्थानको धारा नहुँदा समस्या झनै गम्भीर बनेको छ। पानी अभावका कारण सर्वसाधारणको दैनिकी प्रभावित भएको र सर्वसाधारण बिहानदेखि बेलुकासम्म पानी पर्खेर बस्नुपर्ने अवस्था आएको छ।

मेयर राजेशमान सिंहको सचिवालयका अनुसार, संकट व्यवस्थापनका लागि पानी वितरणलाई निरन्तरता दिइने र आवश्यक परे थप स्रोत परिचालन गरिने तयारीमा महानगर रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *