वीरगन्ज :

बालुवाटार जग्गा प्रकरणमा थप दुई जना पक्राउ

श्रेणी : BANNER

2 years
birgunj report
28Views
0 Shares

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा थप दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआईबी)को टोलीले सोमबार समरजंग कम्पनीका तत्कालीन अधिकृत रमेश कुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जनलाई पक्राउ गरेको हो ।

तत्कालीन अधिकृत पोखरेलले समरजंग कम्पनीका नाममा रहेको जग्गालाई सरकारी कागज किर्ते गरेर टिकिन्छा गुठीमा लैजान कागजात तयार पारेका थिए । यो सँगै ललिता निवास जग्गा प्रकरणमा आठ जना पक्राउ परेका छन् । पक्राउ परेका मध्ये तीन जना भने अदालतको अन्तरिम आदेशका कारण रिहा भएका छन् ।

यस प्रकरणमा भाटभटेनी सुपरमार्केटका संचालक मिनबहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधिर शाह, कर्मचारीहरु धर्मप्रसाद गौतम, गोपाल कार्की, काठमाडौं महानगरका अधिकृत शिवजी भट्टराई, नक्कली मोही बाबुराजा महर्जन र नापीका कर्मचारी घमनकुमार कार्कीलगायत पक्राउ परेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *