श्रेणी : राजनीति
10Views
0
Shares
काठमाडौं । सरकार सञ्चालनका लागि गठित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएको, सुदूरपश्चिम प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेको लगायतका विषयमा छलफल गर्न बैठक बसेको हो । बिहीबार बोलाइएको संयन्त्रको बैठक स्थगित भएको थियो ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन सहभागी छन् ।
प्रतिक्रिया