श्रेणी : समाचार
9Views
0
Shares
काठमाडौं, भदौ ३० गते
बाल दिवसको अवसरमा सामाजिक विकास कार्यालय लमजुङले बालगृहका बालवालिकालाई न्यानो कपडा तथा सहायता सामग्री प्रदान गरेको छ ।
कार्यालयले आदर्श महिला तथा बाल विकास केन्द्रद्वारा सञ्चालित बेसीसहर(८ मा रहेको बालगृहका बालबालिकालाई न्यानो ट्रयाकसुट ११ सेट र थर्मस नौ थान प्रदान गरेको हो ।
सामाजिक विकास कार्यालयका प्रमुख दिनेश पौडेलले बाल दिवस तथा कार्यक्रमको औचित्यवारे प्रकाश पार्दे असाहय बालबालिकालाई सहयोग गर्नुपर्ने बताए । बालगृहमा हाल नौजना बालबालिका आश्रित रहेका छन् ।
प्रतिक्रिया