वीरगन्ज :

बालकोटमा सरकार गठनबारे चार दल छलफलमा

श्रेणी : समाचार

3 years
birgunj report
27Views
0 Shares

काठमाडौं । सरकार गठनका लागि नेकपा एमालेसहितका दल छलफलमा जुटेका हुन् । सत्ता गठबन्धनभित्र कुरा नमिलेपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहितका नेताहरु एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास पुगेका हुन् ।

ओली निवासमा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादीका नेताहरु छलफलमा जुटेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सीमा सकिन लाग्दा दलहरुले छलफलाई तिब्रता दिएका छन् ।

छलफलमा एमालेबाट अध्यक्ष ओली, उपाध्यक्ष विष्णु पौडेल, माओवादीबाट अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने र जसपाबाट अशोक राईलगायतका नेता सहभागी छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *