वीरगन्ज :

बारा प्रहरीद्धारा २९ लाखबढीको सामान नियन्त्रणमा

श्रेणी : अपराध

6 months
Pradeep Sah
1.8kViews
1106 Shares

वीरगन्ज, २२ माघ । बारा प्रहरीले बिल विजक भन्दा बढीको सामान बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय जीतपुरबाट प्रहरी नायब निरिक्षक मोह नारायण रायको कमान्डमा खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ जीतपुरचोक स्थित बीरगन्जबाट रुपन्देहीतर्फ जादै गरेको लु १ ख ७९६९ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्दा बिल बिजक भन्दा बढिको सामान रहेको र सामानको स्रोत खुलाउन नसकेकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

ट्रकमा हार्डवेयर लगायतका समानहरु रहेको र सो सामानको बजार मूल्य अन्दाजी रु २९ लाख ४८ हजार ९ सय ५३ रुपैया रहेको प्रहरीले जनाएको छ । साथै ट्रकसहित समान नियन्त्रणम लिई आवश्यक कानुनी कारबाहीका लागि प्रकृया अगाडी बढाईएको बाराका प्रहरी प्रवक्ता प्रकास सापकोटाले एनपीडीलाई जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *