
श्रेणी : मधेस
रौतहट,३० असाेज । रौतहटको गौर नगरपालिका वडा नम्बर ०५ स्थित बरहवा पुलबाट नदीमा हाम फालेका अन्दाजी ३५र४० वर्षका एक पुरुषको मृत्यु भएको छ ।
बुधबार बेलुका ५ः१५ बजेतिर ती व्यक्ति नदीमा हाम फालेको खबर प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय रौतहट, सशस्त्र प्रहरी बल र वीर दल गणको टोली तत्काल घटनास्थल पुगेको थियो । खोजी कार्यका क्रममा बेलुका ६ः१५ बजे सोही नदीमा फेला परेका ती पुरुषलाई उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्याइएको थियो ।
अस्पतालका डाक्टरहरूले चेकजाँचपछि उनलाई मृत घोषणा गरेका थिए । हालसम्म सनाखत हुन नसकेको मृतकको शव सोही अस्पतालमा राखिएको छ। प्रहरीका अनुसार मृतकको हुलिया गहुँ गोरो वर्ण, मझौला शरीर, ५ फिट ७ इन्च उचाइ, हरियो फुल भेष्ट र कलेजो रङको फुल ट्र्याक लगाएको तथा तराई मूलको जस्तो देखिने रहेको छ ।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको र हुलिया मेल खाने व्यक्तिले सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।


प्रतिक्रिया