वीरगन्ज :

फेवाताल किनारका अनधिकृत संरचना हटाउन पोखरा महानगरको १५ दिने अल्टिमेटम

श्रेणी : प्रदेश

9 hours
Pradeep Sah
2.6kViews
1261 Shares

पोखरा,२१ चैत । पोखरा महानगरपालिकाले फेवाताल किनारमा मापदण्ड विपरीत निर्माण भएका बाँकी संरचना हटाउन १५ दिनको समयसीमा तोकेको छ।

पोखरा महानगरपालिका ले शनिबार सार्वजनिक सूचना जारी गर्दै तालको ६५ मिटर भित्र पर्ने क्षेत्रमा रहेका अनधिकृत संरचना हटाउन सम्बन्धित पक्षलाई निर्देशन दिएको हो।

महानगरका अनुसार सर्वोच्च अदालतको फैसला कार्यान्वयनका क्रममा यसअघि करिब ३० वटा अस्थायी संरचना डोजर लगाएर हटाइसकिएको छ। तर सीमाङ्कनपछि पनि केही स्थानमा रातारात नयाँ संरचना निर्माण भएको पाइएको भन्दै कडाइ गरिएको हो।

सूचनामा तोकिएको समयभित्र संरचना नहटाइएमा महानगर आफैंले हटाउने र त्यस क्रममा लाग्ने खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाट सरकारी बाँकी सरह असुल गरिने चेतावनी दिइएको छ।

यसअघि पोखरा महानगर, गण्डकी प्रदेश सरकार र संघीय सरकारको संयुक्त पहलमा फेवातालको जलसतहको उच्चतम बिन्दु पहिचान गरी सीमाङ्कनको काम सम्पन्न भइसकेको महानगरले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *