वीरगन्ज :

प्रेस सेन्टर पर्साद्वारा पत्रकारिता अभिमुखिकरण तथा क्षमता विकास कार्यक्रम सम्पन्न

श्रेणी : मधेस

1 day
Pradeep Sah
2.5kViews
1459 Shares

बीरगन्ज,१५ जेठ । प्रेस सेन्टर नेपाल, पर्सा शाखाले दिवंगत पत्रकार कृष्ण सेन इच्छुकको २३औँ स्मृति दिवसको अवसरमा बीरगन्जमा पत्रकारहरूको लागि अभिमुखिकरण तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमले प्रेस स्वतन्त्रता, व्यावसायिकता र जिम्मेवार पत्रकारिताको सन्देश बोकेको थियो।

कार्यक्रमका प्रमुख अतिथि प्रेस सेन्टर नेपालका केन्द्रीय अध्यक्ष कमल गिरि थिए। विशेष अतिथिको रूपमा महासचिव मनोज घर्ती, प्रचार प्रसार विभागका सदस्य गोविन्द देवकोटा, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, प्रेस सेन्टर मधेश प्रदेश अध्यक्ष निरज पिठोकोटे मगर तथा महासंघ मधेश प्रदेश सचिव दीपक गौतम सहभागी थिए।

कार्यक्रमको अध्यक्षता प्रेस सेन्टर नेपाल पर्सा अध्यक्ष शिवनाथ यादवले गरेका थिए। कार्यक्रममा वक्ताहरूले पत्रकार कृष्ण सेन इच्छुकको निडर र जनपक्षीय पत्रकारिता स्मरण गर्दै, आजको चुनौतीपूर्ण परिवेशमा सत्य, तथ्य र जिम्मेवार पत्रकारिताको आवश्यकता झनै बढेको बताएका थिए।

उनीहरूले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र पत्रकारहरूको सुरक्षाको सुनिश्चितता अहिलेको प्रमुख सरोकार भएको भन्दै राज्य, समाज र स्वयं पत्रकारहरू सबै गम्भीर हुनुपर्नेमा जोड दिए।

कार्यक्रमको उद्देश्य पत्रकारहरूलाई व्यावसायिक आचारसंहिता, तथ्य पुष्टि गर्ने अभ्यास, स्रोतको सुरक्षा, र सम्प्रेषणमा जिम्मेवारीबोध गराउने रहेको आयोजकले बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *