वीरगन्ज :

प्रहरी कमाउ धन्दामा लागेपछि पोखरिया बजार असुरक्षित, दिनदहाडै जेष्ठ नागरिक लुटिए

श्रेणी : मधेस

7 months
Pradeep Sah
2.4kViews
1284 Shares

वीरगंज (पर्सा), ३ साउन । पर्साको दोश्रो सदरमुकामको रुपमा चिनिने पोखरियामा दिउँसौ एक जेष्ठ नागरिक लुटिएका छन् । पोखरिया बजारमा बुधबार दिउँसो करिब २ बजेको समयमा पोखरिया नगरपालिकाको वडा नं. १ बनकटवा निवासी जेष्ठ नागरिक नारायण राम लुटिएका हुन् ।

पोखरिया नगरपालिकाको वडा नं. ४ स्थित पोखरिया बजारमा रहेको कृषि बिकास बैंकबाट समाजिक सुरक्षा भत्ता रु १२ हजार निकालेर पैदल घर फर्किरहेका जेष्ठ नागरिक राम लुटिएको स्थानीयहरुले वताएका छन् । पोखरिया बजारमै रहेको श्री जिल्ला उच्चांगल रामदेव कलवार माध्यमिक विद्यालय अगाडी मोटरसाइकलमा सवारमा अज्ञात दुई जना व्यक्तिहरुले हामी घुमुवा प्रहरी हँु भनि चेकजाँच गर्ने बहानामा रामसँग रहेको १२ हजार रुपैयाँ लुटेर लगेका हुन् ।

दिउँसै बैंकबाट समाजिक सुरक्षा भात्ता निकालेर घर फर्कीरहेको जेष्ठ नागरिक लुटिने घटनाले स्थानीय सर्वसाधारण त्रसित भएका छन् । घटना भएको ठाउँ इलाका प्रहरी कार्यालय पोखरिया नजिक रहेपनि दिउँसै आफुहरु घुमुवा प्रहरी हुँ भनि सर्वसाधारण लुटिने घटनाले प्रहरीको कार्यशैलीमाथि प्रश्न खडा भएको हो । यो घटनाले पोखरियाको ब्यसायी, बैंक, सर्वसाधारण असुरक्षित महसुस गर्न थालेका छन् ।

जेष्ठ नागरिक लुटिएको ठाउँदेखि इलाका प्रहरी कार्यालय १० देखि १५० मिटर दुरीमा छ । तर प्रहरीले शान्ति सुरक्षा भन्दा पनि तस्करीमा रमाउन थालेपछि पोखरिया बजार असुरक्षित बन्दै गएको हो । इलाका प्रहरी कार्यालय पोखरियामा प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी खटेतापनि तिनीहरु शान्ति सुरक्षा भन्दा पनि तस्करी र कमाउ धन्दामा लागेपछि अज्ञात समूह एवं अपराधी समूहहरु सक्रिय भएका हुन् ।

इलाका प्रहरी कार्यालय अगाडि ट्राफिक प्रहरी पनि ड्युटीमा खटेका हुन्छन्, तर तिनीहरुको आँखा छल्दै यि युवकहरुको समूहरुले दिनदहाडै पोखरियामा सर्वसाधारणलाई लुटि रहेका छन् । ट्राफिक प्रहरी पनि सर्वसाधारणलाई कसरी दुःख दिन सकिन्छ, कसरी पैसा असुल्न सकिन्छ भन्ने मनसायले इलाका प्रहरी कार्यालय गेट अगाडि मात्रै चेकजाँच गर्ने गरेको कारण अपराधी समूह पोखरियामा सक्रिय भएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *