
श्रेणी : राजनीति
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल निवास खुमलटार पुगेका छन् । मन्त्रालय बाँडफाँटलगायत विषयमा छलफल गर्न एमाले अध्यक्ष ओली खुमलटार पुगेका हुन् ।
यसअघि आजै प्रधानमन्त्री प्रचण्डले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका थिए । भेटमा प्रधानमन्त्रीले एकीकृत समाजवादीलाई पनि सरकारमा सहभागी हुन अनुरोध गरेका थिए ।
त्यस्तै प्रधानमन्त्रीले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग पनि भेट गरेका छन् । यादवसँग पनि सरकारमा सहभागिताका विषयमा छलफल भएको जनाइएको छ ।
जसपा अध्यक्ष यादवले पार्टी संसदीय दलको नेता चयनपछि सरकारमा सहभागिताका बारेमा निर्णय गरिने जवाफ दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।





प्रतिक्रिया