वीरगन्ज :

प्रतिनिधि सभाको बैठक आज, यी छन् मुख्य कार्यसूची

श्रेणी : प्रदेश

1 year
Pradeep Sah
1.9kViews
1152 Shares

काठमाडौं, २९ माघ । संघीय संसद् प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ। बैठकमा विभिन्न विधेयक प्रस्तुत र छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी ले निकासी पैठारी (नियमन) विधेयक, २०८१ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेश गर्ने। उद्योग मन्त्री भण्डारीले निकासी पैठारी (नियमन) विधेयक, २०८१ प्रस्तुत गर्ने।

प्रधानमन्त्री केपी शर्मा ओली ले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने। प्रधानमन्त्री ओलीले भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव पेश गर्ने।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *