श्रेणी : BANNER
पोखरा । उच्च अदालत पोखराले पोखरा महानगरपालिका वडा नम्बर १८ मा पुनः मतगणना गर्न आदेश जारी गरेको छ । उच्च अदालत पोखराका कायम मुकायम मुख्यन्यायाधीश डिल्लिराज आचार्य र न्यायाधीश ऋषिराज आचार्यको संयुक्त इजलासले मंगलबार पुनस् मतगणना गर्न आदेश दिएको हो ।
गत वैशाख ३० गते निर्वाचन भए पनि पोखरा–१८ को मतपरिणाम जेठ १० गतेमात्र आएको थियो । निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणाम अनुसार कांग्रेसका शिवप्रसाद तिमिल्सना एक हजार ६४३ मत ल्याएर विजयी बनेका थिए । तर, प्रतिष्पर्धी एमालेका उमेदवार पुष्कलबहादुर थापाले भने तत्कालै पुन: मतगणनाको माग राखेका थिए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले उनको माग अस्वीकार गर्दै अन्तिम मतपरिणाम सार्वजनिक गरेको थियो । तर, थापाले निर्वाचन आयोग, जिल्ला निर्वाचन कार्यालय कास्की, निर्वाचन अधिकृतको कार्यालय र विजयी वडाध्यक्ष तिमिल्सिनालाई प्रतिवादी बनाएर निवेदन दिएका थिए । उच्चले झन्डै ११ महिनापछि पुन: मतगणना गर्न आदेश दिएको हो ।
प्रतिक्रिया