वीरगन्ज :

पूर्वसांसद साहले छाडे जसपा नेपाल पार्टी

श्रेणी : मधेस

6 days
Pradeep Sah
2.1kViews
1803 Shares

जनकपुर,१७ माघ । सर्लाही क्षेत्र नं.१ का पूर्वप्रतिनिधिसभा सदस्य प्रमोद साहले जनता समाजवादी पार्टी नेपाल परित्याग गरेका छन् । साहले बिहीबार बिहान समाजिक सञ्जालमा प्रेस विज्ञप्ति जारी गरी जसपा नेपाल छाडेको घोषणा गरेका हुन् ।

गएको असारमा प्रदेश राजधानी जनकपुरधाममा सम्पन्न पार्टीको महाधिवेशनमा पार्टीको सचिव पदमा उम्मेदवारी दिने तयारी गरेका साहले पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले निर्वाचन नै नगराई आफूखुसी पदाधिकारी नियुक्त गरेको र आफूले जिम्मेवारी नपाएको भन्दै असन्तुष्टि पोखेका छन् ।

साहले २७ वर्षको मधेश केन्द्रीत राजनीतियात्रापछि राजीनामा दिएको बताएका छन् । सर्लाहीमा जसपा नेपालका नेताले एकपछि अर्को गर्दै राजीनामा दिइरहेका छन् । केही दिनअघि मात्रै जिल्ला अध्यक्ष वीरेन्द्र यादवसहित दर्जनौं नेता,कार्यकर्ताले सामूहिकरुपमा पार्टी परित्याग गरेको घोषणा गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *