वीरगन्ज :

पूर्वगृहमन्त्री खाँणलाई अनुसन्धानका लागि चार दिन थुनामा राख्न अदालतको अनुमति

श्रेणी : BANNER

2 years
birgunj report
14Views
0 Shares

काठमाडौं । पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई अनुसन्धानका लागि चार दिन थुनामा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ । बुधबार बिहान पक्राउ परेका खाँणलाई प्रहरीले काठमाडौं जिल्ला अदालतबाट चार दिन म्याद थप गरी हिरासतमा राख्न अनुमति पाएको हो ।

खाँणसँग जिल्ला प्रहरी परिसर काठमाडौंमा चार घण्टा भन्दाबढी समय बयान लिएपछि प्रहरीले स्वास्थ्य परीक्षणका लागि कान्तिपुर अस्पताल लगेको थियो । त्यसपछि उनलाई अदालत लगिएको थियो ।

यस प्रकरणमा नेपाल सरकारका सचिव टेकनारायण पाण्डेसहित दश जना पक्राउ परिसकेका छन् । सचिव पाण्डेले खाँणको समेत नाम लिएपछि उनी पक्राउ परेका हुन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *