वीरगन्ज :

पाेखरिया ७ मा उड‍ेन कक्षा संचालन

श्रेणी : मधेस

1 year
Pradeep Sah
1.7kViews
1256 Shares

शैलेश गुप्तार/
पोखरिया । पर्साको पोखरिया नगरपालिका वडा नम्बर ७ मा रहेको नेपाल राष्ट्रीय प्राथमिक विधालय गोबिन्दपुरमा उड‍ेन कक्षा संचालन भएकाे छ ।

विद्यालय बाहिर रहेका २२ जाना किशोरीहरुलाई  यूएसएआईडी एआरएचको आर्थिक सहयोग र पोखरिया नगरपालिकाको सहकार्यमा औपचारिक शिक्षा ११ महीने कक्षा उडेन सुरु भएको हाे । साे कक्षाकाे पाेखरिया नगरपालिकाकी उप प्रमुख रुबी कुमारी ठाकुरले उद्घाटन गरेकी थिइन ।

पाेखरिया नगरपालिकाकाे वडा नम्बर ७ का वडाध्यक्ष प्रमानन्द पटेलको अध्यक्षता र नगरपालिकाकी उप प्रमुख ठाकुरकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा पोखरिया नगरपालिकाकाे शिक्षा शाखा प्रमुख विजय कुमार झा, यूयसएआईडी एआरएच काठमांडूको कार्यक्रम संयोजक सुजाता सिंह,  डीडिआरसीका कार्यकारी निर्देशक रमाकांत पटेल, रजनीकांत चौधरी लगायतले मन्तब्य राखेका थिए ।  कालिका टाईम्स

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *