वीरगन्ज :

पासपोर्ट छपाइको म्याद थप गर्न निर्देशन

श्रेणी : अन्तर्राष्ट्रिय

6 months
Pradeep Sah
1.7kViews
1866 Shares

काठमाडौँ, २२ माघ । सार्वजनिक खरिद अनुगमन कार्यालयले राहदानी विभागलाई पासपोर्ट छपाइ टेन्डरको म्याद थप गर्न निर्देशन दिएको छ। आइतबार पठाइएको पत्रमा धेरै प्रतिस्पर्धीलाई सहभागी गराउने उद्देश्यसहित म्याद थप गर्न आग्रह गरिएको हो ।

टेन्डर दस्तावेजमा संशोधन भएपछि म्याद थप नगरेको भन्दै कार्यालयमा उजुरी परेपछि यो निर्देशन जारी गरिएको हो। संशोधनअघिको व्यवस्थाले मात्र एक कम्पनी सहभागी हुन सक्ने अवस्था रहेकोमा हाल तीन वटा कम्पनीले संयुक्त उपक्रममा भाग लिन सक्ने सम्भावना खुलेको छ ।

‘संशोधनपछि तयारीका लागि २१ दिनमात्र बाँकी भएकाले प्राविधिक र वित्तीय तयारीको लागि म्याद थप आवश्यक छ,’ उजुरीमा उल्लेख गरिएको छ ।

खरिद अनुगमन कार्यालयले राहदानी विभागलाई म्याद थप गरेर गुनासो सम्बोधन गर्न निर्देशन दिएको छ। टेन्डर प्रक्रियामा प्रतिस्पर्धा सुनिश्चित गर्न यो निर्णय महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *