वीरगन्ज :

पार्टी उपमहासचिव एवं मन्त्री यादवविरुद्ध गरिएको दुष्प्रचार प्रति जसपाको आपत्ती

श्रेणी : मधेस

7 months
Pradeep Sah
2.7kViews
1132 Shares

वीरगन्ज,११ पुस ।जनता समाजवादी पार्टी (जसपा) नेपालका पर्सा जिल्ला अध्यक्ष रामनरेस यादवको अभिव्यक्तिप्रति जसपा नेपालका वीरगन्ज नगर कार्य समितिले आपत्ति जनाएको छ । जसपाका उपमहासचिव तथा नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवलाई बदनाम गर्ने उद्देश्यले उक्त अभिव्यक्ती आएको आरोप लगाइएको छ ।

नगर समितिले बयानमा भनिएको छ, “प्रमाण बिना र तथ्यको आधार नहुने आरोप लगाउनु निन्दनीय कार्य हो।” जसपा वीरगन्ज नगर समितिको भनाइ अनुसार, रामनरेस यादवले मन्त्री यादवलाई बदनाम गर्ने उद्देश्यले जानबूझेर दुष्प्रचार गरेका छन् ।

समितिले रामनरेस यादवलाई आफ्ना अभिव्यक्ती फिर्ता लिन र यस प्रकारको प्रायोजित दुष्प्रचार रोक्न आग्रह गरेको छ। यससँगै, नगर समितिले धानखेतमा भएको घटनाको तोडमोड गरेर गलत प्रचार नगर्न पनि चेतावनी दिएको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २२ जगरनाथपुरका कृषक हरेन्द्र यादवको धानबालीमा भएको आगलागीको घटनामा गहिरो दुःख व्यक्त गर्दै नगर समितिले यस घटनामा पूर्ण सत्यता पत्ता लगाउन ध्यानाकर्षण गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *