
श्रेणी : मधेस
बीरगन्ज,१० माघ । भूमी समस्या समाधान आयोग पर्साका नवनियुक्त अध्यक्ष तबरेज अहमदले आजदेखि विधिवत रूपमा कार्यभार सम्हालेका छन्। गत पुस २९ गते नेपाल सरकारले अहमदलाई पर्सासहित ७७ जिल्लामा आयोगका अध्यक्षमा नियुक्त गरेको थियो।
अहमदले बीरगन्जस्थित आयोग कार्यालयमा पदभार ग्रहण गर्दै विगतमा गरिएको कामलाई निरन्तरता दिने र अधुरा रहेका भूमिहीन, विपन्न, दलित, तथा अल्पसंख्यक समुदायका समस्या समाधान गर्ने प्रतिबद्धता जनाए। उनले यो अन्तिम आयोग हुने भएकाले सबै भूमि सम्बन्धी समस्याहरू स्थायी रूपमा समाधान गर्न ध्यान केन्द्रित गरिने बताए।
पदभार ग्रहण समारोहमा जिल्ला समन्वय समिति पर्साका प्रमुख अजय सर्राफ, पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, नेकपा एमाले पर्साका अध्यक्ष डा. विश्वम्भर शर्मा, जसपाका नेता प्रेमबाबु पटेल, प्रहरी उपरीक्षक कुमोध ढुंगेल, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाललगायत स्थानीय प्रतिनिधिहरूको उपस्थिति थियो।
अध्यक्ष अहमदले यसअघि २०७८ देखि २०८० सम्म पनि पर्सा भूमी आयोगको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका थिए।

प्रतिक्रिया