वीरगन्ज :

पर्सा क्षेत्र नं:२(ख)का जनता प्रदेशसभा सदस्यको लागी स्वतन्त्र उम्मेदवार रूपेशमान सिंहलाई जिताउन आतुर छन।

पर्सा क्षेत्र नं:२(ख)का जनता प्रदेशसभा सदस्यको लागी स्वतन्त्र उम्मेदवार रूपेशमान सिंहलाई जिताउन आतुर छन।

श्रेणी : मधेस

2 years
Pradeep Sah
7Views
0 Shares


वीरगञ्ज – पर्सा क्षेत्र नम्वर २ (ख) का स्वतन्त्र उम्मेद्वार रुपेशमान सिंहलाई उत्त क्षेत्रका मतदाताहरुले आफू स्वतन्त्रको पक्षमा मतदान गर्ने भनेका छन् ।
क्षेत्र न.२को ख का विभिन्न टोलमा घरदैलोमा पुगेका सिंहलाई मतदाताले आशिर्वाद दिँदै जित निश्चित भएको भन्दै अग्रिम शुभकामना दिएका हुन् ।

अन्य पार्टीमा आवद्ध रहे पनि यस पटक भने स्वतन्त्र उम्मेद्वार सिंहलाई जिताउनु पर्ने भन्दै मतदाताहरु एक जुट भएर घरदैलो गर्दै हिँडेका छन् ।

यस अघि जितेर गएका प्रतिनिधिले सपना मात्रै देखाएको भन्दै मतदाताहरुले अब कुनै पनि दल नहेरी स्वतन्त्र उम्मेद्वार सिंहको पक्षमा मतदान गर्ने बताए ।

घरदैलोमा पुगेका सिंहलाई नेपाली कांग्रेस, एमाले, जसपा लगायत विभिन्न पार्टीमा आबद्ध रहेका नेता कार्यकर्ताले स्वागत गर्दै यस पटक पार्टीभन्दा माथी उठेर स्वतन्त्र उम्मेद्वार सिंहलाई मतदान गर्ने बताए ।

घरदैलो अभियानमा अग्रज, महिला, बुद्धिजिवी, युवा लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *